नेपाली कांग्रेस रामेछापद्धारा साँघुटारका आगोलागी पिडितलाई राहात हस्तान्तरण

रामेछाप, साउन, १८

साँघुटार बजारमा गत साउन ९ गते विद्युत्त सर्ट भई आगोलागी भएका पिडितलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछाप र रामेछाप नगरसमन्वय समितिको समन्वयमा संकलन भएको ३ लाख १९ हजार ३ सय ७० रुपैयाँ नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले साँघुटार टोल सुधार समितिका संयोजक राजकुमार श्रेष्ठलाई हस्तान्तर गरेको नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापका कोषअध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

राहात रकम हस्तान्तरण क्रममा सभा

राहात रकम नेपाली कांग्रेसले १ लाख ८३ हजार १५, नेपाली कांग्रेसका नेता एवम समाजसेवि पुर्ण बहादुर तामाङ९ कान्छाराम ० ले १ लाख ३ हजार र पुर्व सांसद एवम नेपाली कांग्रेस ओखलढुंगाका नेता रामहरी खतिवडाले ३३ हजार ३ सय ५५ रुपैयाँ सहयोग गरि रकम संकलन गरेको श्रेष्ठले बताएका छन् ।
राहात वितरण कार्यक्रममा नेपाली कांग्रेस पार्टी सभापति लबश्री न्यौपानी, समाज सेवी कान्छाराम तामाङ र पुर्व संसद राम हरी खतिवडाले आफ्नो धारण राखेका थिए । गत साउन ९ गते विद्युत्त सर्ट भई आगोलागी हुँदा साँघुटारका चार घर पुर्ण र तीन घर आँशिक रुपमा जलेर नष्ट भएका थियो ।