मानव अधिकारका धेरैजसो कुरा नेपालीलाई थाहानै छैन ः मानव अधिकार कर्मी प्रसाई

रामेछाप, साउन , १९ ।

रामेछापको सदरमुकाम मन्थलीमा आइतबार मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल, एफ एच आई ३६० र यूएस् आइडिको आयोजना तथा मानव अधिकार संरक्षण सञ्जाल रामेछापको समन्वयमा खुल्ला सरकार ः नागरिक साझेदारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको भएको छ । मानव अधिकार संञ्जाल रामेछापका संयोजक पाण्ड प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाले मानव अधिकारको क्षेत्रमा गरेका काम,कर्तब्य, अधिकारका बारेमा जानकारी गराईएको थियो ।

मानव अधिकारकर्मी पाण्डप प्रसाई मानव अधिकारका बारे जानकारी गराउदै


कार्यक्रममा बोल्दै मानव अधिकार संञ्जाल रामेछापका संयोजकले नेपालमा मानव अधिकारको बारेमा धेरै जस्तो मानिसलाई जानकारी नै नभएको बताउनु भएको छ । उहाँले मानव अधिकार सबैको हुने र त्यो राज्यसंग जोडिएको हुनुपर्ने बताउनु भएको छ । मानव अधिकारको प्रशंगमा बोल्दै प्रसाइले सेना, प्रहरीको हक अधिकारको उदाहरण दिनुभएको थियो ।
कार्यक्रमा संजालले जिल्ला भित्र सरकारी तथा गैर सरकारी कार्यलयमा सकारात्मक परिर्वतनका लागि भुमिका खेलेको बताइएको थियो ।


मानव अधिकारका क्षेत्रमा निरन्तर काम गरि रहेको सो संस्थाले जिल्ला भित्रका विभिन्न ठाँउका स्कुल, कलेज, अस्पताल, गाँउपालिका कार्यालय, वडा कार्यालय, लगाएत विभिन्न ठाँउमा अनुगमन गरि सुझावका साथै कार्यसुधारका लागि भुमिका खेलेको जानकारी गराइएको छ ।
कार्यक्रममा लिखु तामाकोशी गाँउपालिकाकी उप–प्रमुख दिप शिखा दाहाल लगाएतले मानव अधिकारका बारेमा धारणा राख्नुभएको थियो ।

कार्यक्रमा उपस्थित जनप्रतिनिध ितथा पत्रकारहरु


सो कार्यक्रमा मानव अधिकारकर्मी, स्थानिय जनप्रतिनिधी, रामेछाका पत्रकार,शिक्षक, बुद्धिजीवि लगाएतको उपस्थिति रहेको थियो ।