आफ्नै गाउँपालिकाका वडा अध्यक्ष सुवास बोहोराले मेरो ज्यान मार्न खोज्यो – पालिका अध्यक्ष खड्का

वडा अध्यक्ष भन्छन् : गाउपालिकामा भएको भ्रष्टचारको बारेमा ढाकछोप गर्न म माथि जघन्य अपराधको आरोप लगाएका हुन् ।

रामेछापको लिखु–तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द खडकाले गाउँपालिका भित्रकै वडाध्यक्षले आफूलाई ज्यान मार्ने योजना बनाएको आरोप लगाएका छन् । दुई करोड नदिए ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीले रामेछापकै लोप्साङ भन्ने मिलन तामाङलाई गोली हानेर पक्राउ गरेलगत्तै गाउँपालिका अध्यक्ष खडकाले आफ्नै गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष सुवास बोहोराले आफ्नो ज्यान मार्न खोजेको आरोप लगाए । ‘मलाई मार्ने र मसँग चन्दा माग्ने मुख्य योजनाकार मेरै गाउँपालिका ७ का वडाध्यक्ष सुवास बोहोरा हुन, उनैले ज्यान मार्ने योजना बनाए,’ खडकाले भने ।

तर वडाध्यक्ष बोहोरालाई फोन सम्पर्क गर्दा आफ्नो राजनितिक करियरमा धब्बा लगाउने सोचले गाउपालिकाका अध्यक्षले आफु माथी आरोप लगाएको बताएका छन् । फोन संवादमा उनले भने  ‘जिल्ला प्रशासन कार्यालय रामेछापमा भएको पत्रकार सम्मेलनमा आफुले लिखु तामाकोसी गाउपालिकामा भएको भ्रष्टचारको बारेमा व्यापक कुरा उठाएको कारण अध्यक्षले त्यो कुराको ढाकछोप गर्न आफु माथि जघन्य अपराधको आरोप लगाएको हुन् ।’

खडकासँग २ करोड माग्ने मिलन र अमृत तामाङलाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको छ ।