(एसइई) मा उत्तिर्ण सांसद चौधरी ११ कक्षामा भर्ना

काठमाडौं –२४ साउन,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छन् । नेतृ काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमायस वर्ष माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् ।

(नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तिर्ण गरेकी चौधरी कक्षा ११ मा भर्नाका हुनका लागि शुक्रबार विहान १० बजे नै रत्यराज्य मावि पुगेकी थिइन् । उनले आफुसंगै दाङकै निलम थापालाइ पनि भर्ना गराएकी छन् । उनको सम्पूर्ण पढाइ खर्च चौधरीले नै व्यहोर्ने बताएकी छन् ।