त्रिशुलीमा बस खस्दा ३ को मृत्यू, दर्जन भन्दा बढी बेपत्ता

२४ साउन, काठमाडौं । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने १४ भन्दा बढी घाइते भएका छन्  ।  दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ ।

धादिङमा कार्यरत नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने, मृतकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाईतेलाई उद्धार गरी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । बसमा यात्रा गर्ने यात्रुको संख्या  नखुलेकाले हराउनेको संख्या यकिन हुन नसकेको एसपी बैदवारले बताए ।

‘बसमा ३८ यात्रु चढेको जानकारी आएको छ’, एसपी बैदवारले भने, ‘बीच–बीचमा झार्दै र चढाउँदै ल्याइएकाले दुर्घनाको समयमा कति यात्रु थिए भन्न सकिएको छैन ।

अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा  बस खसेको छ ।  दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटना बारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।