निर्मलाको हत्यारा सिंहदरबार र बालुवाटारमाः डिला संग्रौला

सम्झना श्रेष्ठ
साउन २४ सिन्धुली ।



नेपाली कंग्रेसका केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले निमर्ला पन्तको हत्यारा सिंहदरबार र बालुवाटारमै रहेको खुलासा गर्नुभएको छ । नेपाल प्रेस युनियन सिन्धुली शाखाले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सांसद संग्रौलाले सरकारकै निर्देशनमा निर्मलाको बलात्कार र हत्याको सम्पुर्ण प्रमाण नष्ट गरेको आरोप समेत लगाउनुभयो । सरकारको काम प्रती जनताले खुसि मान्ने कुनै आधार नरहेको भन्दै उहाँले वर्तमान सरकार दूई तिहाइ बहुमतको घमण्डमा तल्लिन रहेको जिकिर गर्नुभयो । सांसद संग्रौलाले सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँदैमा नागरिकको घरदैलोमा समृद्धी नछाउने स्पष्ट पार्नुभयो । वर्तमान सरकारले भ्रष्टाचार न्यूनिकरण गर्नु नसक्नु, निर्मलाका हत्यारा पक्राउ गर्न नसक्नु, ३३ कीलो सुन काण्ड लगाएतका असफलताले नै सरकारको निरिहपन स्पष्ट देख्न सकीने बताउनुभयो । उहाँले यो सरकारले जनतालाई ठुलाठुला सपना देखाउन बाहेक उपलब्धिपुर्ण काम गर्न नसकेको बताउनुभयो ।