प्रदेशभरका सबै स्थानीय तहसँग जोड्ने सडक प्रदेश ३ ले बनाउदै

हेटौडा, साउन २३ ।

नागरिकलाई सहज पहुँच पु¥याउन भन्दै प्रदेश ३ सरकारले प्रदेशभरका सबै १ सय १९ वटै स्थानीय तहसँग जोडिने गरी सडक संजाल बनाउने भएको छ । स्थानीय तह जोड्न सडक निर्माणको योजना बनाएको हो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै समेटेको मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम तथा नजिकैको लोकमार्गदेखि स्थानीय तहको मुकाम सम्मका सडकलाई स्तरोन्नती गर्दै आगामी चार वर्षमा कालोपत्रे गर्ने समेत योजना अगाडि सारेको छ ।
सोहि कार्यको लागि रसुवा, ललितपुर र सिन्धुलीका १/१ वटा स्थानीय तहमा चालू आर्थिक वर्षमा सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिका लागि बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ ।
रामेछापको कालो चौतारा,सिंगटी, गलभा, च्यादलु, सडकमार्फत उमाकुण्ड गाउँपालिका जोड्ने र खैरेनीघाट बेथान गाल्बा सडक आयोजनामार्फत सुनापति गाउँपालिका जोड्ने सडकका लागि ४/४ करोड रुपैयाँ विनियोजित गरको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ मा कार्यान्वयन हुने गरी प्रदेश ३ ले १३ जिल्लाका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी सडक निर्माण तथा स्तरोन्नति गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
धादिङका ३, सिन्धुपाल्चोकका ३, काभ्रेपलान्चोकका २, नुवाकोटका २, दोलखाका २, रामेछापका २ वटा स्थानीय तहको केन्द्रमा सडकको व्यवस्था गर्नका लागि बजेट विनियोजन भएको छ ।