लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई ज्यान मार्ने धम्कि दिने माथि गोली प्रहार

निरोज थापा।काठमाण्डौ ।

प्रहरीले काठमाडौंको स्वयम्भूमा गोली चलाएको छ । टेलिफोनबाट रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द खड्कालाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामालाई पक्राउ गर्न गोली प्रहार गरेको हो । उनको घुँडामा दुई गोली लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् । तामाङलाई उपचारका लागि वीर हस्पिटलको ट्रमा सेन्टर लगिएको छ।