विश्वव्यापीकरणका कारण स्थानिय सांस्कृतिमा ब्याप्त असर प¥यो ः प्रधानध्यापक तिमल्सिना

रामेछाप, साउन, २४

विश्वव्यापीकरणका कारण वर्तमान दिनहरुमा स्थानिय भाषा, संस्कृति तथा कला माथि पश्चात्य संस्कृतिको नकारात्मक प्रभाव व्याप्त भएको केब्स स्कुलका प्रधानध्यापक केशव तिमल्सिनाले बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीस्थित केब्स विद्यालयले गरको सांस्कृतिक कार्यक्रममा उनले यस्तो बताएका हुन ।


कार्यक्रममा बोल्दै विद्यालय ब्यवास्थापनका समितिका अध्यक्ष शिवराज श्रेष्ठले नयाँ पुस्तामा देखिएको आफ्नो जातिय तथा परम्परागत पेशा प्रतिको वितृष्णालाई अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसले धेरै हदसम्म कम गरी आफ्नो मौलिक पहिचान प्रति गौरव गर्न बालबालिकाहरुलाई प्रेरित गरेको बताएका छन् । उनले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ सदैव अग्रसर गराउने खालका प्रभावकारी कार्यक्रमहरु गरिरहने गरि रहने दाबी गरेका छन् ।


विद्यार्थीहरुद्वारा विशेष प्रस्तुती तथा प्रदर्शनी सहित साँस्कृतिक विविधता कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा सैयौँको संख्यामा आदिवासी तथा जनजाति स्थानिय भेषभुषा, भाषा, संस्कृति र कलाको साथ स्थानिय समुदाय, अभिभावक र छिमेकी विद्यालयका विद्यार्थीहरु पस्थिति भएका थिए । साथै स्थानिय भेषभुषा, भाषा, संस्कृति र कलाको विद्यार्थीहरुद्वारा विशेष प्रस्तुती तथा प्रदर्शनी सहित साँस्कृतिक विविधता कार्यक्रम गरेको छ ।

सो प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुद्वारा माझी, तामाङ, मगर, नेवार, सुनुवार लगायतका स्थानिय जातजातिका जीवनशैली झल्काउने स्थानिय प्रविधि, भेषभुषा, गीत, नृत्य तथा कविताहरु प्रस्तुत गरिएका थिए । सो कार्यक्रम अवलोकन पश्चात केब्स स्कूलले प्रशंसायोग्य कार्य गरेको प्रतिकृया उपस्थित स्थानिय समुदायका व्यक्तिहरुले दिएका थिए ।


स्थानिय संस्कृतिको संरक्षण गर्न र सचेतना जगाउने उद्येश्यले उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

मन्थली नगरपालिका–१, आकाशे, रामेछापमा अवस्थित केब्स बोर्डिङ स्कुलले गरेको सो कार्याक्रम हिन्दु तथा बौद्ध परम्परामा महत्वपूर्ण मानिने शङ्ख बजाएर उद्घाटन गरिएको थियो । केब्स स्कूलमा सात सय विद्यार्थी अध्ययनरत छन् ।