नेकपाका अध्यक्ष प्रचण्ड साउन ३२ रामेछाप आउदै

२५ साउन
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछाप आउने भएका छन् । नेकपा जिल्ला कमिटी रामेछापले दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न रामेछाप आउन लागेका हुन् । नेकपा जिल्ला कमिटी रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड २१ जना शहीदहरुको अर्धकदको शालिक अनावरण गर्न आउदो साउन ३२ गते दोरम्बा आउने कार्यक्रम रहको छ ।