सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै घिमिरे सम्मानित

२५ साउन,

सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै भारतको हिमाचल प्रदेशको भुट्टी विवर्स सोसाइटीले रामेछाप जिल्लाको मन्थली बचत तथा ऋण सहकारी संस्थाका सचिव गोविन्दप्रसाद घिमिरेलाई अन्तर्रा्ष्ट्रिय अवार्डले सम्मान गरेको छ । उहाँलाई ठाकुर वेदराम अन्तराष्ट्रिय अवार्डले सम्मान गरिएको हो । हिमाचलको कुल्लुमा बुधबार आयोजित एक कार्यक्रममा घिमिरेलाई कुल्लु जिल्लाकी डेपुटी कमिसनर डा। ऋचा शर्माले नगद पुरस्कारसहित अवार्ड प्रदान गर्नु भएको हो ।