जिल्ला स्तरीय व्याडमिन्टन प्रतीयोगीता सिन्धुलीमा सम्पन्न

सम्झना श्रेष्ठ

साउन २८ सिन्धुली ,

जिल्ला स्तरीय व्याडमिन्टन प्रतीयोगीता सिन्धुलीमा फाईनल खेल हिजो सम्पन्न भएको छ । छेत्र बम्जनकाे प्रायाेजक र कवर्डहल व्यवस्थापन सिन्धुलीको आयोजनामा भएको प्रतीयोगितामा ५० भन्दा बढी टिमहरु सहभागी भएका थिए । हिजो (सोमबार) सम्पन्न भएको फाइनल खेलमा समुह ए मा दिपेन्द्र बस्नेत र रूपक थिङको जोडी समुह बी मा हरि रोक्का र मंन्जित देवकोटाको जोडी र समुह सी मा छेत्र बम्जन र बिनोद नेवा खड्गीको जोडी प्रथम भएका थिए। खेलाडीहरूले सिल मेडल प्रमाण पत्र र ब्याट प्राप्त गरे । उक्त खेल गत २५ गतेबाट सुरु भएको थियो ।