प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

       प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।  बा.८९ प ४५१८ नम्बरका मोटरसाइकल चालक कलंकी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सबिन खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
    काठमाडौं महानगरपालिका-११ थापाथलीमा खड्काको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सवारी दर्ता किताब नभएकाले कारबाहीबाट बच्न नगद १ हजार १ सय रुपैयाँ दिएर उनले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।