सुनको भाउ इतिहासकै महङ्गो

निरोज कुमार थापा, काठमाडौँ, २८ साउन

सुनको भाउ फेरि बढेको छ । मंगलबार छापावाला सुन १ हजार हजारले महङ्गो हुँदै ७१हजार रुपैयाँ प्रति तोलामा कारोबार भईरहेको छ । नेपालमा हालसम्म भएको सुनको कारोबारमा यो नै उच्च मूल्य हो । मंगलबार तेजावी सुन पनि तोलामा १ हजारले बढेर ७० हजार ७ सयमा कारोबार भईरहेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको अन्तिम दिन शुक्रबारबाट तोलाको ७० हजारमा रोकिएको सुन मंगलबार फेरि महङ्गिएको हो ।