रामेछापमा पनि ज्योति केयर्स कार्ड वितरण सुरु

ज्योती केयर्स कार्डको फाइदै फाईदा

साउन २९, रामेछाप

रामेछाप मन्थलीमा पनि ज्योति लाईफ ईन्स्योरेन्स उप–शाखाले ज्योति केयर्स कार्ड वितरण सुरु गरको छ । रामेछाप उद्योग वाणिज्य संघका कार्य समिति सदस्य तथा रामेछाप निर्माण सामाग्री व्यापार संघका कोषाध्यक्ष समेत रहेका नवमी हार्डवेयरका प्रोपाईटर कुमार श्रेष्ठलाई ज्योति लाईफ उपशाखा प्रमुख देव बहादुर श्रेष्ठले ज्योति केयर्स कार्ड वितरण गरेर ज्योति केयर्स कार्ड वितरण कार्यको सुरुवात गरेका हुन् ।


ज्योति लाईफ उपशाखा रामेछापका प्रमुख सँग दुई प्रश्न ः

ज्योती केयर्स कार्डका विशेषताहरू केके हुन् ?
एउटै कार्डबाट विभिन्न साझेदार संस्थाहरु ९अस्पताल, होटल, एयरलायन्स, रिसोर्ट, सिनेमा हल लगायत अन्य साझेदार संस्था० मा विशेष छुट तथा प्रथामिकता दिईएको छ । कार्डको लागि कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने नेपालका सबै देशका सेवा प्रदायकहरुसँग साझेदारी मार्फत बीमितहरुलाई समेट्न सकिने छ ।
ज्योती केयर्स कार्ड बाट बिमितले कति प्रतिशत सम्म छुट पाउनेछन् ?
सम्झौतामा उल्लेख भए बमोजिम सेवा प्रदायकले दिने सेवामा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म नगद छुट, सेवामा विशेष प्रथामिकता पाउनेछन् । ज्योती केयर्स कार्ड बाट बिमित तथा अभिकर्ताले बीमा सेवाका अतिरिक्त विभिन्न सेवा प्रदायक साझेदारहरुबाट सम्झौता बमोजिम उनिहरुले प्रदान गर्ने सेवाहरुमा प्राथमिकता तथा भुक्तानी गरिेने बिलमा विशेष छुट पाउने छन् ।