बरिष्ठ साहित्यकार दिक्षितको ९६ बर्षको उमेरमा निधन

साउन ३०

नेपाली साहित्य र पत्रकारिता क्षेत्रका अग्रज मदनमणी दिक्षितको ९६ बर्षको उमेरमा निधन भएको छ । मुटु मृगौला, लगायतसम्वन्धी रोग लागेका दिक्षितलाई उपचार गरेर घर ल्याएकोमा बिहिबार बिहान ४ बजे घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने भएको छ ।

नेपालका सर्वाधिक महत्वपूर्ण मानिने मदन पुरस्कार, साझा पुरस्कार, पद्यमश्री पुरस्कार लगायतका हजारौँ पुरस्कार तथा सम्मानहरु प्राप्त गर्नुभएका दिक्षितले नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा ठुलो योगदान पु¥याउनु भएको छ ।