मन्थलीमा चल्ने अटोको भाडादर परिमार्जन

लाइसेन्स नहुने अटो चालकहरुलाई कारवाही गर्ने प्रमुख जिल्ला अधिकारीको चेतावनीे

र्सिजना बस्नेत , रामेछाप ,साउन, ३०

जनता भ्वाईस एप डाउन्लोड गरि सजिलो संग समाचार पढ्नुस

मन्थलीको चर्काे घाममा पसिना बगाउँदै यात्रा गर्नु पर्ने बाध्यता केही समयदेखि सहज भएको छ । मन्थलीको यात्रामा अटो सेवा सुरु भए देखि स्थानियको यात्रा सहजता भएको हो ।
अघिल्लो आर्थिक वर्षमा निर्धारण गरेको अटोको भाँडादर नयाँ आर्थिक वर्षको सुरुवातसँगै परिमार्जन गरिएको छ । भुमेथान यातायात सेवा प्रा.लि.ले सञ्चालनमा ल्याएको अटो सेवाको अवस्था तथा नयाँ भाँडादर निर्धारण विषयमा जिल्ला प्रशासान कार्यालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । भुमेथान यातायात सेवा प्रा.लि.ले हाल सम्म २४ वटा अटो सेवा सञ्चालनमा ल्याएका छन ।

सर्वसाधारणको सेवामा गुणस्तर कायम गरी मर्यादित सेवा प्रर्वाह गर्नको लागि अटो व्यवसायी र सरोकारवालाहरुको भुमिका कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रमा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले “अटोले नगरवासीलाई यात्रामा सेवा तथा सहज बनाएको तर थोरै पैसाको लोभमा यात्रु बोक्ने क्षमता भन्दा धेरै यात्रु बोक्ने गरेकाले सम्भावित जोखिम निम्त्याउँन सक्ने” भएकाले सचेत रहन सुझाव दिएका छन् ।


त्यस्तै अटो व्यवसाय गर्ने व्यवसायीहरु जिल्ला प्रशासनमा सुचीकृत नहुने तथा सवारी चालक अनुमतिपत्र नभएका अटो व्यसायीलाई कारबाहीको दाहेरामा ल्याउने प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे के.सी.ले चेतावनी दिईन ।
भुमेथान यातायात सेवा प्रा.लि.का अध्यक्ष पदम बहादुर श्रेष्ठले “अटो व्यवसायीहरु मर्यादित भएर सेवा दिइ रहेको र आगामी दिनहरुमा समेत सेवाग्राहीहरुलाई गुणस्तर सेवा दिनको लागि अटो व्यवसायीहरु तयार रहेको ”दाबी गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा राजनीतिदल,भुमेथान यातायात सेवा प्रा.लि.सरोकारवाला निकायहरु तथा सेवाग्राहीहरुले समेत सुझाव राखेका थिए । अटो व्यवसायी र सर्वसाधारण सहमतिको आधारमा आज यस आ.व.को लागि नयाँ भाँडादर समेत कायम गरेको छ ।