रामेछापमा पनि दलित पत्रकार संघ गठन : अबका दिनमा सबै क्षेत्रमा दलित पत्रकारको नजर

रामेछाप, साउन ३१,

रामेछाप जिल्लाका दलित पत्रकारहरुको संगठन नेपाल समाचारपत्र दैनिकका जिल्ला रिपोर्ट राम चन्द्र बि.कको संयोजकमा नौ कार्यसमिति गठन छ । रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार जिल्लामा विभिन्न संचारमाध्यममा लामो समयदेखी क्रियाशिल पत्रकारहरुले सगठनको स्थापना गरेका हुन ।

आउदा दिनमा जिल्लामा पत्रकारीता क्षेत्रमा लागेका दलितहरुको संख्यामा वृद्धि भएसंगै संगठानिक रुपमा अघि बढ्नको लागि र दलितले भोगेका समस्याहरुलाई समुहिक रुपमा लिएर अघि बढ्नको लागि सहयोग पुगोस् भन्ने उद्देश्यले दलित पत्रकार संघ रामेछाप गठन गरिएको संगठनमा आवद्धहरुले बताए ।


शुक्रबार मन्थलीमा गरिएको संगठनमा सह–संयोजकममा रेडियो तिनलालमा कार्यारत लेख बहादुर बि.क,हाम्रो अन्लाईन न्युज् डट कम्का गम्विर बि.क, रेडियो रामेछाप ९५.८ मेगाहर्ज र जनता भ्वाईस् अन्लाईनका समाचार संयोजक मिलन बि.क,रेडियो तामाकोशीमा कार्यारत निर्मला नेपाली, सोहि रेडियोमा कार्यारत ईश्वर धौलकोटि रेडियो जिरी दोलखामा कार्यारत नबराज बि.क र जब आकास पत्रिकामा कार्यारत बिन्दा तोलाङगे, सुवाश नेपाली रहेका छन् उनी काठमाण्डौको एक अन्लाइनमा कार्यारत रहेका छन् ।

उनिहरुले अबका दिनमा जिल्लाका सबै क्षेत्रमा दलित पत्रकारको पनि नजर रहने र दलितका विषय वस्तुले पनि प्रथामिकता पाउने गरि काम गर्ने प्रतिबद्धता ब्यक्ता गरेका छन् ।
कार्यक्रममा नेपाल कपडा सिलाई ब्यवसायिक संघका केन्द्रिय सदस्य गोपाल नेपाली, पञ्चेबाजा संरक्षण समाजका ज्ञान बहादुर सुन्दास, परियार एकता समाज रामेछापका राजन सुन्दासले शुभकामना ब्यक्क्ता गरेका थिए ।