विवादित नेकपाको स्कुल विभाग टुङगो लाग्यो

३१ साउन

लामो समय देखि विवादित नेकपाको स्कुल विभाग टुङगो लागेको छ । शुक्रबार नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । शुुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो ।

लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेललाई जिम्मेवारी सुम्पिएकव् छ । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपाललाई जिम्मेवारी दिएको छ ।
त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रबक्ता नारायणकाजी श्रेष्ठले पाएका छन् । नीति प्रतिष्ठान प्रमुख भने झलनाथ खनालले पाएका छन् ।