रक्तदान तथा रगत व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

काठमाण्डौँ , ३२ श्रावण,

रक्तदान तथा रगत व्यवस्थापन सरल, सुरक्षित, छिटो र मितव्ययी बनाउन सबैलाई उत्प्रेरित गर्ने उद्देश्यले टिम ब्लडपलद्वारा रक्तदानको महत्त्व र व्यक्तिगत भुमिका विषयक आधारभुत तालिम आयोजना गरिएको थियो।

काठमाण्डौँको शान्तिनगर स्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा रक्तदानको महत्व, विधि तथा रगत व्यवस्थापनमा आइपर्ने चुनौती र समाधानबारे नेपाल रेडक्रस सोसाईटीका, केन्द्रिय रक्तसंचार सेवा केन्द्रका प्रशासनिक अधिकारी राम श्रेष्ठले जानकारी गराएका थिए ।
रगत ब्यबस्थापन धेरै चुनौतीपुर्ण कार्य हो । यसमा सिमित जनशक्ति, समय र स्रोत साधनले भ्याएसम्म आफुले सक्दो प्रयास गर्नुपर्ने कार्यक्रमका प्रशिक्षक राम श्रेष्ठले बताए ।


रगत हामी सबैलाई कुनै पनि समयमा आवश्यक पर्न सक्छ, त्यसैले यसको पुर्वतयारी जरुरी छ। ब्ल्डपलका सदस्य मात्र होइन समाजका हरेक व्यक्तिले आफ्नो सानो भुमिकामात्र पूरा गरेपनि यस क्षेत्रमा धेरै ठूलो परिवर्तन ल्याउन सकिन्छ, अकालको मृत्युबाट धेरैको जीवन बचाउन सकिन्छ । ब्लडपलका प्रमुख संयोजक सुशन कर्माचार्यले जोड दिए।


जीवन रक्षा निम्ति एक्यवद्धता भन्ने नाराका साथ सक्रिय टिम ब्लडपलले विगत साढे दुई वर्ष देखि दैनिक रगत आवश्यकता पुर्ती गर्न दान, प्रोत्साहन र सम्मान सम्बन्धी विभिन्न क्रियाकलापहरु गर्दै आएको छ।