१० बजे काठमाडौंबाट अध्यक्ष प्रचण्ड रामेछाप आउदै

आज १६ औं दोरम्बा हत्याकाण्ड दिवस साउन ३२

नेकपाले आज १६ औ दोरम्बा हत्यकाण्ड स्मृति दिवस मनाउदै छ । गत २०६० साल साउन ३२ गते दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनाको सामुहिक हत्या गरिएको थियो ।
हत्या गरिएकोस्थलमा २१ जनाको अर्धकदका शालिक १६ बर्षपछि निर्माण गरिएको छ । प्रदेश नम्बर ३ सरकारको सहयोगमा दोरम्बा सहिद स्मृति प्रतिष्ठानले निर्माण गरेको २१ जनाको अर्धकदको शालिक आज पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अनावरण गर्ने कार्यक्रम रहेको छ । प्रचण्डको सचिवालयका अनुसार १० बजे काठमाडौंबाट आउने र ११ बजेबाट कार्यक्रम सुरु हुने नेकपाका जिल्ला इन्चार्ज देवशकंर पौडेलले जानकारी दिए ।