आगामी भदौ २३ गते रामेछापमा राप्रपाले स्वाभिमानको यात्रा गर्दै

राप्रपाको जिल्ला प्रवक्तामा आर्चाय चयन

रामेछाप, भदौ १

राप्रपाको देश भरनै राष्ट्रिय स्वाभिमान यात्रा गर्ने लक्ष्य अनुरुप रामेछापमा पनि आगामी भदौ २३ गते यात्रा आईपुग्ने भएको छ । आईताबार रामेछापको मन्थलीमा आयोजित एक कार्यक्रममा राप्रपाले उक्त कुराको खुलासा गरेको हो । राप्रपा ३ नं प्रदेश प्रमुख तथा पूर्वमन्त्री विक्रम थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पार्टीका सहमाहमन्त्री राजाराम बर्तौला, विदेश विभाग प्रमुख दिनेश खड्का, केन्द्रिय सदस्यहरु दिनेश कार्की, लालधोज लामा,सरस्वती श्रेष्ठ साथै प्रदेश सांसद रिता माझी लगायतको सहभागिता रहेको थियो ।


स्वाभिमान यात्रालाई सफल बनाउन रामचन्द्र कंडेलको संयोजकत्वमा १ सय ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सोहि अवसरमा आर्थिक प्रचारप्रसार लगायत अन्य नौ वटा उपसमिति समिति समेत गठन गरिएको जानकारी प्रदेश नं ३ की सांसद रिता माझीले दिइन् ।
राष्ट्रिय स्वाभिमान यात्रा सिन्धुली जिल्लाबाट सुरुभै रामेछाप, दोलखा, सिन्धुपालचोक साथै काभ्रेमा पुगि समापन हुने बताईएको छ ।

उनले दिएको जानकारी अनुसार यो राप्रपाको तेस्रो चरणको यात्रा हो ।
कार्यक्रम समापन लगतै बसको राप्रपा रामेछापको जिल्ला कार्यसमितिको बैठकले जिल्ला पाटी प्रवक्तामा उद्धव आर्चायलाई चयन गरेको जानकारी जिल्ला पाटी अध्यक्ष रामचन्द्र कंडेलले दिए ।