पुडासैनी आत्महत्या प्रकरणः पाँच पक्राउ

चितवन, ३२ साउन

पत्रकार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेसंगै चितवनमा भएको प्रदर्शनका क्रममा शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न रबलिाई पक्राउ गरेको थियो ।

उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताएका छन् ।
यसअघि गत शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो।
रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखल्ढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।

nagariknews