सिन्धुलीमा दुई दिन कर संकलन हुदै

सम्झना श्रेष्ठ, भदौ १

सिन्धुलीमा आगामी भदौ १० र ११ गते कर संकलन हुने भएको छ । उद्योग वाणिज्य संघ सिन्धुलीको सहयोगमा दुई दिन कर संकलन गरिने भएको हो । आन्तरिक राजस्व कार्यालय बर्दिबासबाट आउने टोलीले कर संकलन गर्ने उद्योग वाणिज्य संघ सिन्धुलीका अम्रेशचन्द्र बैदारले जानकारी दिए । व्यवसायिहरुलाई बर्दिबास सम्म जाने झन्झट नहोस् भन्ने उद्देश्यले जिल्लामै कर संकलन गर्ने व्यवस्था गरिएको उनको भनाई छ । प्यानमा दर्ता भई व्यवसायिक कारोबार संचालन गर्दै आएका उद्योगी, व्यवसायीहरुका लागि उद्योग वाणिज्य संघ सिन्धुलीको पहलमा आन्तरिक राजस्व बर्दिबासको सहयोगमा दुई दिने कर संङकलन केन्द्र राखिने बताइएकोे छ ।
जिल्लामै कर सम्बन्धि कार्य गरिने हुँदा उद्योगी व्यवसायीलाई सजीलो पर्ने भएको छ । सो कार्यमा सहभागी भएर कार्यक्रम सफल पार्न उद्योगी व्यवसायी, व्यापारी तथा उद्योग वाणिज्य महासंघका सदस्यहरु सबैलाई उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष बैदारले आह्न गरे ।