ट्रक दुर्घटनामा परी एक गम्भिर घाईते : ट्रक बेपत्ता

रामेछाप, भदौ , ०२

रामेछापको मन्थली नगरपालिका वडा नं २ कठजोर स्थित तामाकोसी नदीमा मालबहाक ट्रक दुर्घटना हुंदा एक जना गम्भिर घाईते भएका छन् । दोलखाबाट रामेछापको मन्थली तर्फ आउदै गरको बा १ क ९१२९ नम्बरको खाली ट्रक शनिबार राती करिब १ बजे सडकबाट करिब ३०÷४० मिटर तल तामाकोसी नदीमा खसेको हो । दुर्घटनामा परी सिन्धुली जिल्ला सुनकोसी गाँउपालिका दुम्जाका अन्दाजि ४० बर्षीय टिकाराम मगर गम्भिर घाईते भएका हुन् । उनको टाउकोमा ठुलो चोट लागेको र शरिरको अन्य अंगमा पनि चोट लागेकोले उपाचारका लागि मन्थली स्थित तामाकोसी अस्पतालमा उपचार हुन नसक्दा काठमाण्डांै पठाएइको छ ।

नदीमा पानीको बहाव धेरै भएकाले नदीमा खसेको गाडी अहिले बेपत्ता भएको रामेछाप प्रहरी निरिक्षक रवि भुषण यादवले जानकारी दिए ।
दुर्घटनामा परि घाईते भएका मगरको स्वस्थ्यमा सुधार भैरहेको उनले बताए ।