सुनको बुद्धमूर्ति भन्दै ठग्ने रामेछापका श्रेष्ठसहित ३ जना पक्राउ

भदौ २

सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीन जनालाई आइताबार प्रहरीले सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप जिल्ला रामेछाप भङ्गेरीका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्मालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए । सोहि प्रकरणमा प्रहरीले पक्राउ गरि उनिहरुलाई सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट पहेँलो धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयलेका प्रहरी प्रमुख दानबहादुर कार्कीले पत्रकार सम्मेलन गरि जानकारी दिए ।