टिपर दुर्घटनामा परी दुई जना घाईते

भदौ ५ सिन्धुली, सम्झना श्रेष्ठ

सिन्धुलीमा बिहिवार टिपर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । दुर्घटनामा टिफर चालक महोत्तरीको बर्दीबास नगरपालिका ८ का ४३ बर्षिय फेकन यादव र सोही ठाउँका ३१ बर्षिय सहचालक पृथ्बी मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बर्दिबास बाट सिन्धुलीको कपिलाकोट तर्फ ईटा लिएर जाँदै गरेको ना.१ क. ६४१७ नं. को टिपर कमलामाई नगरपालीका १ अथुवाखोला स्थित धरान चतरा सडक खण्डमा दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ ।