बागलुङको पत्रकार महासंघ भवनमा अज्ञात समुहद्भारा तोडफोड

भदौ ५

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निर्माणाधीन भवनमा बिहीबार अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडका कारण भवनमा व्यापक क्षति पुगेको महासंघले जनाएको छ । पछिल्लो तीन सातायता भवनमा लगातार क्षति पुर्यााउने कार्य भइरहेको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए । उनले तोडफोडमा संलग्नको खोजी गर्न माग गरेका छन् ।