श्रीमतीलाई बलात्कार गरेको अभियोगमा रामेछापका एक पुरुष पक्राउ

काठमाण्डौ ,भाद्र ६,

रामेछाप जिल्ला घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्‌ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी श्रीमतीले दिएपछि श्रीमान्‌लाई
प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्‌ले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन) लाई बिहीबार पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

साभार : ekantipur