उमाकुण्डका स्थानियहरू एक सातादेखी सम्पर्क बिहिन

रामेछाप,भदौ ०७

उमा कुण्ड गाँउपालिकाको वडा नं १ गुम्देलका स्थानिय नेपाल टेलिकमको (सिडिएमए्) को टावर एक साता अघि देखी बन्द भएपछि स्थानिय र्मामा परेको छन् । सोलु खुम्बु जिल्लाको लिखु पिके गाँउपालिका वडा नं ५ साविकको २ नं वडा छिरीङ खर्कामा राखिएको टावरमा विद्युतको मात्र पुग्न नसक्दा समस्या भएको हो । सोलारको माध्यमबाट चार्ज गरी संचालन गरिएको सो टावर मौसम खराबीका कारण चार्ज हुन नसक्दा एक हप्तादेखी प्रयोग बिहिन बनेको हो । नेपाल टेलिकमको सिडिएमए्को टावर एक हप्तादेखी बन्दा हुदा सिडिएमए् मोबाईल प्रयोग कर्ता सम्पर्क बिहिन बनेको हुन । टावरमा विद्युतको मात्र नहुदा मौसममा खराबी अउने बितिकै पटक –पटक समस्यमा पर्ने गरेको उमाकुण्ड गाँउपालिका वडा नं १ का स्थानिय झपट कार्कीले बताए ।

यसैबिच टवार संचालनमा ल्याउन पटक पटक माथिल्लो तहमा खबर गर्दा माथील्लो तहबाट ब्यवास्था गरेको लिखु पिके गाँउलपालिकाका वडा अध्यक्ष ङिमा र्शपाले बताए । उनले टावर संचालनमा ल्याउन नेपाल टेलिकमलाई सबै ब्यवस्था हामी मिलाउछौ आएर बनाउनु प¥यो भनि गुनासो गर्दा पनि नटेरेको बताए ।

यता सो टावरको संचालनमा भएको समस्यका विषयमा आफुलाई कुनै जानकारी नआएको उमाकुण्ड गाँउपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले बताए ।