रामकुमार नेपाली लोक स्टारको टप ११ मा प्रवेश

भदौ ०७

रामेछापका सान रामकुमार नेपाली नेपाल लोक स्टारको टप ११ मा प्रवेश गरेका छन् । लोक स्टारको इतिहासमा पहिलो रेकर्ड राख्दै उनी टप ११ मा प्रवेश गर्न सफल भएका हुन । उनले गाएको फरिया भुइमा लतारी भन्ने गीतले तिनै जना निर्णायकहरुलाई स्यालुट गर्न वाध्य समेत पारेको थियो । उनलाई सबै प्रतिस्पर्धीले बाघको पनि संज्ञा दिने गरेका छन् । आफुलाई लोकस्टार वनाउन रामेछापवासी लगायत सम्पुर्ण नेपालीवासीको भोटको खाँचो रहेको भन्दै उनले भोट गर्न सवैलाई अपिल गरेका छन् । आफुलाई अझै अघि बढाउन हरेक हप्ता बिहिबार ९ः ३० देखी शुक्रबार १२ बजे सम्म भोट गर्न सकिने उनको भनाइ छ । टप १२ बाट भोटिङ सिस्टम लागु गरिएको हो । प्रतिस्पर्धीहरुको ८० प्रतिशत भोट र २० प्रतिशत जर्जहरुको मतको आधारमा मुल्याङकन गरिने छ । प्रत्येक हप्ता एक एक प्रतिस्पर्धी भोटिङको आधारमा बाहिरीनुपर्ने वाध्यता छ ।