रामेछापको आठवटै स्थानीय तहमा सहजकर्ता

७ भदौ,

रामेछाप जिल्लाको आठ स्थानीय तहमा काुननी सहजकर्ता छनौट भएका छन् । आठ स्थानीय तहको लागि २४ जना उम्मेदवार छनौट भएका हुन् । जसमा वैकल्पिक पनि रहेका छन् । जिल्ला समन्वय समिति रामेछापले अन्तर्वाता परीक्षामा सहभागी भए योग्य उम्मेदवारहरुलाई आउदो भदौ १० गतेभित्र आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडामा सम्पर्क गर्न आग्रह गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर ३ ले स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्त सम्बन्धि कार्यविधि बमोजिम सहजकर्ता माग गरेको थियो ।

जिल्ला समन्वय समितिको कार्यालय रामेछापद्धारा कानूनी सहजकर्ता सिफारिश गरिएको सूचना

कानुनी सहजकर्ता नामावली सहित