एक किशोरीले गरिन झुण्डीएर आत्महत्या

रामेछाप, भदौ ०७

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ बस्ने छत्र बहादुर बि.ककी अन्दाजी १५ वर्षीय छोरी अस्मिता बि.क ले शनिबार झुण्डीएर आत्महत्या गरेकी छन् । शनिबार मध्यान बाह्र (१२) बजे आफ्नै घरको उनी सुत्ने कोठामा झुण्डीएको देखेपछि बाबु छत्रले प्रहरीलाई खबर गरेका थिए ।
उनको शव पोष्ट्माटम्को लागी रामेछाप नगरपालिकाको अस्पतालमा राखेको रामेछापका प्रहरी निरीक्षक रिवी भुषण यादवले जानकारी दिए । घटना बारे अनुसन्धान भैरहेको यादवले जानकारी दिए ।