उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान गयो

रामेछाप, भदौ ०९

रामेछाप जिल्लाको उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ४ टावर डाँडामा सोमबारअपरान्न ४ : ३० बजेको समयमा पानीसंगै परेको चट्याङ लागेर ६४ बर्षीय साङमाया तामाङको ज्यान गएको उमाकुण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष मान बहादुर सुनुवारले जानकारी दिए । मृतक तामाङको एउटा राँगा तथा दुई वटा बाख्रा पनि मरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक रिवी भुषण यादवले जानकारी दिएको छ । उनको घटना स्थलमै मृत्यु भएको हो ।