बाम्तिभण्डार सडक जीर्ण,यात्रु सास्तिमा : वडा अध्यक्ष भन्छन् समस्या छैन्

रामेछाप,भदौ ०९

निरन्तरको वर्षका कारण रामेछाप जिल्लाको उमा कुण्ड गाँउपालिका वडा नं २ बाम्तिभण्डारको सडक जिर्ण बन्दा यात्रु मारमा परेका छन् । जिल्लाको दुर्गम तथा पहाडी भेगमा अवस्थित सो वडामा सडको विभिन्न ठाँउमा पहिरो खसेको तथा भासियकोले यात्रु र्मामा परेका हुन । शिवलय, साङ्मुडाँडा, देउराली हुदै बाम्तिभण्डार सम्म अरनिको बस र हिमगंगा यतायतले सेवा दिदै आएपनि बाटो अप्ठ्यारेका कारण यात्रा गर्न कठिन भएको चालकहरुले बताएका छन् । दुई वटा सडक संजालबाट जोडिएको बाम्तिभण्डार बजार शिवलय – बाम्ति र ठोसे – प्रिती सडकमा माथिल्लो बाटोमा ठुला मालबाहक गाडीले बाटो खाल्डा बनाउदा समस्या भएको हो ।

फेस्बुक: बिष्णु खड्का

यसैबिच सडकको अवस्था जिर्ण नभएको सोहि वडाका अध्यक्ष खम्बधोज बस्नेतले बताए । वडाले निर्माण धिन लिखु हाईडो पावर कम्पनी संग समन्वय गरी विभिन्न ठाँउमा खाल्डा पूर्ने, सोलिङ गर्ने,काम धमाधम भैरहेको जानकारी दिदै उनले आफ्नो वडामा जेसिबी, ट्याक्टर तयारी अवस्थामा रहेकाले फसेका गाडी तत्काल उदार गर्ने वतावरण भएको दाबी गरे । उनले बाम्ति – प्रिती जोड्ने सिंगाटी सडकका एक–दुई ठाउमा हिलो मात्रै भएको र त्यसलाई पनि सोमबार देखीनै मर्मतको काम सुरु गर्न लागेको जानकारी दिए ।
उनले हिलोमा फसेका सुमो तथा बसलाई ट्याक्टर लगाएर तानेर पु¥याउने र ल्याउने गरिएको पनि बताए ।
फरक प्रसंगमा अध्यक्ष बस्नेतले आफ्नो वडामा कुनै प्रकारको समस्या नभएको दाबी गर । उनले कृषिमा सबै बाली ठाँउ अनुसार राम्र्रै भएको बताए । चालु आर्थिक बर्षकामा वडामा किवी खेतीमा कृषिको आकर्षण बढेको पाईएकाले वडाले नर्सरीमार्फत विरुवा वितराण गरेको बताए ।