पार्किङमा राखेको ट्रकमा आगजनी

रामेछाप भदौ १०,

तामाकोशी ढुवानी सेवा समितिका रामेछापका अध्यक्ष मन्थली रामेछापका नविन कार्कीको मिनी ट्रकमा आगजनी भएको छ। गएराति १२ बजेको समयमा बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा अज्ञात व्यक्तिले आगो लगाएका हुन् ।


मन्थली नगरपालिका वडा नम्बर ५,सुनारपानी – सालु सडक खण्डमा पर्ने चालक सन्देश कार्कीको घरछेउमा पार्किङ गरेर राखिएको मिनिट्रकमा आगो लगाएको अध्यक्ष कार्कीले जानकारी दिए । आगोले गाडी पूर्णरुपमा जलेको उनले बताए ।

ट्रकमा आगो कसले, किन लगायो भन्ने अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेका उनले जानकारी दिए ।