अबदेखी नेपाल –जापन सिधा उडान

भदाै ११

नेपाल एयरलाइन्सले आज रातीदेखि सिधा जापान उडान भर्दैछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ । राति २ः३० बजे हुने पहिलो उडानमा ९० यात्रु सहभागी हुँदैछन् ।

साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाको नेतृतवमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरु उडानमा सहभागी हुनेछन् ।

विमानस्थलमा औपचारिक कार्यक्रम गरेरै टोलीलाई विदाई गरिने छ । जापानबाट नेपाल फर्किदा पनि औपचारिक कार्यक्रम गरी स्वागत गरिनेछ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३०–२०० जहाजमार्फत उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हो । एनएसीको लागि ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भने थिएन ।

काठमाडौंबाट चीनको सांघाईमा ट्रान्जिट गरी ३० अक्टोवर १९९४ देखि १२ अप्रिल २००७ सम्म एनएसीले ओशाका उडान भरेको थियो । अब नेपाल एयरलाइन्सले हप्तामा मंगलबार, बिहीबार र शनिबार गरी आशोकमा सिँधा तीन उडान भर्नेछ ।