तिजका लागि छोरी लिन जाँदा आमाको ज्यान गयो

रामेछाप, भदौ ११

रामेछापको उमाकुण्ड गाँउपालिका वडा नं ३ कुबुकाँस्थलीमा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । बुधबार अपह्रान्न ४ बजेको समयमा सोलु खुम्बु जिल्लाको लिखु पिके गाँउपालिका वडा नं ५ भकाञ्जेबाट तिजको लागी माईती कुबुकाँस्थली आईरहेकी छोरीलाई आधा बाटो सम्म लिन जान्छु भनि घरबाट हिडेकी खड्का बहादुर कार्कीकी ५६ वर्षीय श्रीमती राधी कार्कीको साविकको वडा नं ३ र ४ मा पर्ने पेल्दी भन्ने ठाँउको वदारे खोलाले बगाउँदा ज्यान गएको स्थानिय शम्शेर कार्कीले जानकारी दिए । खोलाले बगाएको करिब एक घण्टा पछि अन्दाजी २०० मिटर तल शव भेटीएको उनले बताए ।