काँग्रेसको बैठकमा आज भातृ संगठन बारे छलफल हुने

भदौ ११

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज फेरी बस्ने भएको छ । गत असार २२ गते १४ वटा एजेण्डा प्रस्तुत गरेर सुरु भएको बैठक पटक पटक रोकिदै आज फेरी बस्न लागेको हो । काँग्रेसको बैठक यसअघि गत साउन २९ गते बसेर स्थगित भएको थियो ।

आजको बैठकमा नेविसंघको नयाँ केन्द्रीय कार्यसमिति गठन, तरुण दलको कार्यसमिति विस्तार, म्याद सकिएका भाृत संगठनहरुको अधिवेशन लगायतका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

नियमावली संशोधन, कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान र जनसम्पर्क समितिबारेमा छलफल गर्ने पनि काँग्रेसको एजेण्डा छ । त्यसैगरी यही भदौ २४ गतेदेखि सुरु हुने जागरण अभियान अन्तर्गत गरिने कार्यक्रमहरुका बारेमा पनि बैठक केन्द्रीत हुने उनले बताए।

यही भदौ १२ वा १३ गतेसम्ममा बैठक सकिने प्रवक्ता शर्माले जानकारी दिए ।