काभ्रेमा विमानस्थल बनाउने योजना हट्यो : रामेछापको विमानस्थल स्तरोन्नति गर्ने

१० भदौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्ने गरी काभ्रेमा आन्तरिक विमानस्थल बनाउने योजनाबाट सरकार पछि हटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल निर्माण गर्नुको साटो काठमाडौं नजिकैको रामेछाप विमानस्थल स्तरोन्नति गर्ने बताएका छन्उ । तर, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौं नजिकै अर्को विमानस्थल आवश्यक नरहेको भन्दै सरकारलाई योजना फिर्ता लिन निर्देशन दिएको थियो । उक्त निर्देशन लत्याउँदै सरकारले यस वर्ष पुनः यो आयोजनालाई बजेटमा समेटेको थियो । मन्त्री भट्टराईले भने उक्त निर्णयलाई आफ्नो वार्षिक कार्ययोजनामार्फत सच्याएका छन् । उनको कार्ययोजनामा ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नति गर्ने’ उल्लेख छ । रामेछापको विमानस्थल स्तरोन्नति गर्ने उनको योजनाले तत्कालका लागि काभ्रे विमानस्थलको ‘च्याप्टर क्लोज’ भएको मन्त्रालय स्रोतले बताएको छ ।