प्रधानन्यायाधीशको तलब ८७ हजार, न्यायसेवामा कसको तलव कति ?

११ भदौ

सरकारले न्याय सेवातर्फका पदाधिकारीसहित विभिन्न सवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकेको छ । न्याय सेवाका पदाधिकारीहरुको नयाँ तलवमान मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले अनुमोदन गरेको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानन्यायाधीशसहित न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका पदाधिकारीको तलवमान तोकिएको हो । तोकिएको तलवमान भने गत साउन १ बाटै कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जनाएको छ । नयाँ तलवमानअनुसार अब प्रधानन्यायाधीशको तलव मासिक ८६ हजार ९ सय ५० पुगेको छ । त्यस्तै न्यायाघीशको मासिक ७१ हजार ९ सय ५० रुपैयाँ र संवैधानिक निकायका प्रमुखको मासिक ६८ हजार १ सय ८० रुपैयाँ कायम गरेको छ ।

हेर्नुस् न्यायसेवामा कसको तलब कति ?