सिन्धुलीमाडीमा ७ लाख ४७ हजार राजस्व संकलन

सम्झना श्रेष्ठ


भदौ १२, सिन्धुली ।
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा २ दिने कर संकलन शिविर हिजो बुधबार सकीएको छ । सिन्धुली उद्योग बाणिज्य संघको सहयोग र करदाता सेवा कार्यलय बर्दिबासको प्राबिधिक सहयोगमा गत १० गते बाट सुरु भएको कर संकलन शिवीर हिजो सकीएको हो । शिविरमा २९९ जनाले सेवा लिएका छन् । यसैगरी व्यक्तीगत प्यान कार्ड ६० र व्यवसायीक कार्ड २० गरी ८० वटा कार्ड वितरण गरिएको छ । शिविरबाट ७ लाख ४७ हजार ५ सय राजस्व संकलन भएको उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले बताउनुभयो । सिन्धुलीका स्थायी लेखा नम्बर प्यानमा दर्ता भएका व्यवसायिक कारोवार संचालन गर्दै आएका उद्योगी व्यवसायीहरुको सहजताको लागी कर शिवीर सञ्चालन गरिएको सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष बैदारले जानकारी दिनुभयो । सिन्धुलीका ब्यबसायी तथा उद्योगीहरुलाई बर्दिबास सम्म जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागी, समय र पैसाको बचतको लागी कर संकलन शिवीरले सघाएको उहाँको भनाई छ ।