हृदय घातभै कक्षा १० मा अध्यायनरत छात्रको मृत्यु

रामेछाप भदौ १२,

रामेछापको गोकुलगंगा गाँउपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । गाँउपालिकाको वडा नं ४ बेताली साविकको वडा नं ३ भतेरेका जित बहादुर बुढाथोकीका कक्षा १० मा अध्ययनरत १५ वर्षीय छोरा अमृत बुढाथोकीेको बुधबार बिहान हृदय घातका भै मृत्यु भएको छ । कोचिङ कक्षा पढ्न बिहान ५ बजे बजेको समयमा घरबाट निस्केको कहि क्षणमा बेहोस भएर ढलेका उनको स्थानिय स्वस्थ्य चौकी पु¥याउदा डाक्टरले उनलाई मृत घोषणा गरेको गाँउपालिकाका वडा सदस्य सिताराम कार्कीले जानकारी दिए ।