विद्यालय र नगरपालिका समन्वय गरेर अगि बढनु पर्छ : नगर प्रमुख मगर

रामेछाप,भदौ १३,

नगरपालिका भित्रका प्रत्येक सामुदायिक विद्यालय र नगर एकआपसमा समन्वय गरेर अगाडि बढ्नु पर्नेमा रामेछाप नगरपालिका नगर प्रमुख नर बहादुर थापा मगरले जोडदिएका छन् । शुक्रबार रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको शिक्षा शाखाद्धारा आयोजित वार्षिक कार्यक्रम एवम् शैक्षिक सुशासन तथा वित्तिय अनुशासन सम्बन्धि छलफल कार्यक्रम उनले यस्तो बताएको हुन ।

कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानध्यापकलाई मासिक रुपमा भत्ता उपलब्ध गराउने निणर्य गरिएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा नगरभित्रको प्रा.वि तहका प्र.अलाई २ सय, नि.मा.वि तहका प्र.अलाई ३ सय र मा.वितहका प्र.अ लाई ३ सय भत्ता प्रदान गरिने शिक्षा शाखाका प्रमुख सुकदेव नेपालले जानकारी दिए ।
कार्यक्रम रामेछाप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको अध्यक्षता तथा नगरप्रमुख प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यता एवम् उप –प्रमुख सृजना खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा आ.व को सशर्त तर्फको कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो ।