ट्रक दुर्घटनामा परी रामेछापमा एकको मृत्यु, दुई गम्भिर घाईते

रामेछाप भदौ १५,

रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं–१ सुर्केमा मालबहाक ट्रक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुई जना घाईते भएका छन ।
साही गाउँपालिका वडा न १ गर्जाङबाट आलु लिएर काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ६३१० नम्बरको मालबाहक ट्रक गत शनिबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा परि रामेछापको उमाकुण्ड गाउँपालिका वडा न २ बाम्तिभण्डार दोर्खपा निवासी विश्व बस्नेतको घटना स्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी ट्रक चालक दोलखाको जिरी नगरपालिका वडा न १ का पुषोत्तम घिमिरे र रामेछापको खाँडादेबी गाउँपालिका घर भएका यादब कुमार श्रेष्ठ घाइते गम्भिर घाइते भएको रामेछाप प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई दोलखाको जिरी अस्पतालमा समान्य उपचारपछि काठमाडौ रेफर गरिएको र अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।