अख्तियारले समायो घुससहित बाराबाट एक जना पूर्व कर्मचारी

१७ भदौ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाराका एक जना पूर्व कर्मचारीलाई घुस रकमसहित सोमबार नियन्त्रमा लिएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय बाराकाको मुद्दा फाँटका पूर्व करार कर्मचारी हरिमोहन सिंह क्षेत्रीले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।