ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु, दुई गम्भिर

मन्थली भदौ, १७

रामेछापको मन्थली नगरपालिका वडा नं २ बान्द्रेमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, दुई जना घाईते भएको छन् ।
मन्थलीबाट सिमेन्ट लियर खिम्ती तर्फ जाँदै गरेको नं ६ ट ६३०१ ट्याक्टर सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भिर घाइते मन्थली नगरपालिका वडा नं ३ का धुब्र रोकाको उपचारका क्रममा तामाकोसी सहकारी अस्पतामा मृत्यु भएको छ ।


ट्याक्टरमा सवार मन्थली नगरपालिका वडा नं ६ भटौली बस्ने अन्दाजी २०÷२१ वर्षीय रोशण परियार र दोरम्बा गाँउपालिका वाड नं ५ का दिनेश परियार गम्भिर घाईते भएको छन् ।

उनीहरु मध्ये दिनेश परियारको तामाकोसी अस्पतालमा उपचार भैरहेको छ, भने रोशनलाई धुलिखेल अस्पताल रिफर गरिएको रामेछाप प्रहरी निरिक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।