घरले किच्दा १० वर्षे बालकको ज्यान गयोः ४ सय परिवार पहिरोको उच्चा जोखिम्मा,वडाले गर्यो ब्यवास्था

रामेछाप, भदौ १८

रामेछापको लिखु तामाकोसी गाँउपालिका वडा नं १ दुरागाँउमा घरले पूर्दा १० वर्षीय बालकको ज्यान गएको छ । मंगलबार साँझा ६ बजे पुरानो घर भत्किएर किच्दा बालकसंगै १२ वटा बाख्रा पनि मरेका छन् ।

घरले पुर्दा स्थानिय यम बहादुर थापाका नाती मनिष थापाको घटना स्थलमै ज्यान गएको छ । त्रिपुरेश्वर मा.वि कक्षा ४ मा अध्ययनरत बालक घरमै बसिरहेको समयमा एकासी घर भत्किदा ज्यान गएको गाँउपालिका अध्यक्ष गोविन्दा खड्काले जानकारी दिए ।


उनका अनुसार अहिले घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरी रहेको छ । गाँउपालिकाले आफ्नो तर्फबाट ट्याक्टर र सव वहान घटना स्थलसम्म पठाएको बताए । पिडीतको क्षेति अनुसारको रहात उपलब्ध गर्ने पालिका अध्यक्षले प्रतिवद्धता जनाए ।

४०० सय परिवार पहिरोको उच्चा जोखिम्मा

त्यस्तै दुरागाँउमा ४०० सय घर परिवार पहिरोको उच्चा जोखिम्मा परेका छन् । २०७२ सालको भुकम्पाले क्षेति पुगेको सो वडामा ४-४ पटक अनुदानको लागि वडाको ध्यानकर्षण गर्दा पनि वडाबाट कुनै प्रतिक्रया नआएकोले आफुहरु ज्यानको जोखिम मोलेर बस्न बाध्य बनेकाे स्थानिय प्रचण्ड सुनुवारले बताए ।

आफुहरु न्यय माग्न जाँदा वडा अध्यक्ष रिसाएकाे समेत उनले बताए । उनिहरु साविको वडा न‌ं ५-६ मा पर्ने साब्रा खाेलामा अबिरल वर्षा संगै आएको बाडीले जमिन कटानी गरिरहेको अवस्थमा पनि सम्बन्धीत निकाएले ब्यवास्था गर्दा जाेखिम मोलेर बस्न बाध्ये बनेकाे उनले गुनासो गरे ।