मन्थली बजार अनुगमन: नाम चलेका पसलबाटै म्याद गुज्रेका सामाग्री बरामत

रामेछाप,भदौ १८
रामेछाप जिल्ला प्रशासन कार्यालयले मन्थली बजार अनुगमन गरेको छ । बुधवार प्रशासनका ना.सु लक्ष्मण भुजेलको नेतृत्वमा प्रहरी, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकारलगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । अनुगमनमा मन्थली बजारका केही पसलहरुमा म्याद सक्केका सामाग्री राखेको पाईयकाले बरामत गरेको छ ।

जस्मा वि.एस. हाडवर्यर सप्लायर्सबाट डाफे इनामेल एक लि जाने ३० बट्टा, लक्की हाडवर्यर सप्लायर्सबाट एपोलो इनामेल एक लि जाने ३२ बट्टा र रेजिना भाडा पसलबाट सिल्भर पाथी एक वटा बरामत गरेको हो ।