युनियनका तीन जना रेडियोकर्मी रेडियो नेपालमा तत्काल र्फकाउन रामेछाप युनियनको माग : ज्ञापन पत्र बुझायो

रामेछाप,भदौ,१८

लामो समय रेडियो नेपालमा काम गरेका सञ्चारकर्मीलाई कामबाट षड्यन्त्रपुर्ण निकालियले पुर्नवहालीको माग गर्दै जिल्ला पशासन मार्फत ज्ञापन पत्र ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले बुधबार रामेछाप जिल्ला प्रशासन कार्यालय मार्फत सुचना तथा संचार मान्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । रेडियो नेपालमा कार्यरत सुदूरपश्चिम प्रदेशका तीन संचारकर्मीहरुलाई राजनीतिक पूर्वाग्रह पुर्ण षयड्यन्त्रबाट कामबाट हटाईएको प्रति आप्पती जनाउदै जिल्ला अध्यक्ष अप्रिल अधिकारी सहितको टिमले ज्ञापन पत्र बुझाएको हो । शाखाले कामबाट निकालियका प्रकाश बम,सुनिता रावल र चक्रबहादुर कुवँरलाई तत्काल पुर्नवहली गर्न माग गरेका छन् । साथै युनियनले अल्टिमेटम सहित रेडियो नेपालको ब्यवस्थापनसंग माग समेत गरेका छन् ।
पुर्नवहाली गर्न पटक–पटक दबाद दिदै आएको युनियनको सम्बन्धीत पक्षले भने ब्यवास्थ गरेका कारण शान्तिपुर्ण आन्दोलमा उर्तिनु परेको अध्यक्ष अधिकारीले बताए ।